दार्चुलामा एक महिलाद्वारा मट्टितेल छर्केर आत्मदाहको प्रयास

दार्चुला- दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

साउँदले आज बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताउनुभयो ।

साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

उहाँको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.