राष्ट्रपतिद्वारा उत्कृष्ट शिक्षक र पर्यटन व्यवसायी सम्मानित

काठमाडौं- नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने ६ जना शिक्षक शिक्षिकाहरुलाई प्रजापति प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार र पर्यटन प्रवर्द्धनको क्षेत्रमा योगदान गर्ने पर्यटन व्यवसायीलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रजापति प्रसाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०८० पर्वतारोही एवं पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पालाई प्रदान गर्नुभयो ।

राष्ट्रपति पौडेलले विभिन्न प्रदेश अन्तरगत विभिन्न विद्यालयका छ जना उत्कृष्ट शिक्षक शिक्षिकालाई प्रजापति प्रसाईँ उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही ५० हजार रुपैँया नगद र प्रमाणपत्र रहेको छ ।

यसरी उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनेहरुमा कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, वाग्मती प्रदेशबाट काठमाडौकी कमला राई, गण्डकी प्रदेशबाट कास्कीकी टुकादेवी आचार्य रहनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेशबाट पाल्पाका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट डोल्पाका जयवहादुर बस्नेत र सुदुर पश्चिम प्रदेशबाट कैलालीका शिक्षक जितबहादुर चौधरी रहनुभएको छ । यसैगरी मकवानपुरको देवहित आधारभूत विद्यालयलाई एक लाख रुपैयाँ राशीको विद्यालय प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.