दश दिनदेखि वेपत्ता डा. कोइरालाको शव भेटियो

झापा- झापाको दमक वडा नं. १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो ।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाइ खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनुभयो ।

रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले  शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो ।

मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

डाक्टर कोइराला भदौ १० गते देखि वेपत्ता हुनु भएको थियो । उहाँको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको आशंका गरिएको थियो । ३२ बर्षीय डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत हुनुहुथ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.