कृष्ण जन्माष्टमी: पाटनको कृष्ण मन्दिरमा यस्तो छ चहलपहल (फोटो फिचर)

ललितपुर- कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रूपमा मनाउने गरिन्छ । आज देशभर भगवान् श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ ।

आजका दिन देश भरका भगवान् विष्णुका मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.