नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र एकजना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंकी ८० वर्षीया महिलाको मृत्यु भएको छ ।
यसैगरी सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ वर्षीय र ६० वर्षीय पुरुष, काठमाडौंका ८५ वर्षीय पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।
नेपालमा संक्रमित हुनेहरुबाट मृत्यु हुनेको प्रतिशत ०.६३ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्