देशभर घट्दा काठमाडौं उपत्यकामा संक्रमण उस्तै, एकैदिन थपिए ३९६ संक्रमित

काठमाडौं– देशभरका ७४ जिल्लामा कोरोना भाइरस संक्रमित घटिरहँदा उपत्यकामा भने उस्तै अवस्था छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासहित उपत्यकामा ३ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भएको तीन साता पूरा हुन लाग्दा पनि संक्रमण दर घटेको छैन । मंगलबार देशभर भने ३०७ महिला र ५९५ पुरुष गरी ९०२ जना संक्रमित भएका छन् ।

आजसम्म देशभर ४८ हजार १ सय ३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.