ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं- बीरगंजबाट काठमाडौं आइरहेको ना ३ ख ९८९ नम्बरको ट्रकलाई भक्तपुरको सल्लाघारीमा रोकेर चेकजाँच गर्दा ११ हजार ८ सय थान अवैध लागू औषध चालकको सिटमुनी लुकाएको अवस्थामा बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सिन्धुपाल्चोक, बाह्रविसे घर भएका चालक विष्णु प्रधान र सोहि स्थान बस्ने डम्बर बहादुर प्रधानलाइ अवैध लागु औषध सहित पक्राउ गरिएको हो ।

त्यस्तै पक्राउ परेकाको बयानका आधारमा उक्त लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्का समेतलाई काठमाण्डौको बुढानिलकण्ठबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले डाईजापाम-२९५० एम्पुल, नाईट्रोभेट-३००० एम्पुल र अन्य ५८५० गरि जम्मा ११ हजार ८ सय थान अवैध लागू औषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको महशाखाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.