एकैपटक १२ भन्दा बढी देशका नागरिक रामाराेशनमा

भ्रमण इजाजत नहुँदा समस्या

अछाम-अछामकाे प्रमुख पर्यटकीय क्षेत्र रामाराेशनमा एकै दिन विभिन्न १२ भन्दा बढी देशका नागरिक घुम्न आएका छन । सुन्दर पर्यटकीय क्षेत्र रामाराेश अवलोकन गर्न विभिन्न देशका नागरिक रामाराेशन क्षेत्र आएका हुन ।

यसरी एक-दुई दिनमै ठुलाे संख्यामा बिदेशी नागरिक आउन थालेपछि स्थानीय खुशी भएका छन ।

तर सरकारी इजाजत बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा राेक लगाइएकाे र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चाैखुट्टेमा राेकिएको अछामका डिएसपी सन्ताेष पाठकले जानकारी दिनुभएको छ ।

हाल रामाराेशनमा भारत, अमेरिका, क्यानडा, पाेल्यान्ड, इटाली, रसिया, स्वीडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मनी र थाइल्यान्ड लगायतका देशका नागरिक रहेका छन ।

रामाराेशन क्षेत्रमा आन्तरिक तथा बाह्‍य पर्यटक आउनु स्वभाविक हाे तर सरकारी इजाजत नहुँदा समस्या भएको छ। पर्यटकलाई सहज रामारोशन घुम्ने वातावरण मिलाउन स्थानीयले अनुरोध गरेपनि काजगपत्र नहुँदा समस्या भएको छ ।

स्थानीय सरकारलाईसमेत कुनै जनकारी नभएको रामाराेशन गाँउपालिका उपाध्यक्ष सृजना बुढाले बताउनु भयो ।

आफुहरु रामराेशन घुम्न र अवलोकन गर्न आएकाे बताउँदै आफुहरुकाे संख्या दुईहजार बढी रहेकाे हुदा अन्य आउँदै गरेको एक जना बिदेशी नागरिकले बताए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.