हराउँदै सिमा स्तम्भः पुनर्स्थापनामा छैन चासो

झापा- बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा सय भन्दा बढी सिमास्तम्भहरु हराएका छन् । धेरै बर्षदेखि हराएका स्तम्भहरु पुनर्स्थापना नगर्दा नेपाल भारतको भूमि छुट्याउनै समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बर्षा र बाढीका कारण बर्षेनी सिमास्तम्भहरु हराउँदै गए पनि निर्माण गर्ने कार्य तर्फ सरकारको ध्यान जान सकेको छैन । यस बर्षको बाढीमा पनि दक्षिणी सिमावर्ती क्षेत्रका केही स्तम्भहरु बगाएका छन् । तर संरक्षण नहुँदा सिमा नै मिचिने पो हो कि भन्ने स्थानीय बासिन्दाले चिन्ता गरेका छन् ।

यस बर्ष पनि झापाको गौरीगंज गाउँपालिकामा वडा नं. २ मा कमल खोलाको बाढीले १ सय ४० को १५ नम्बरको स्तम्भ बगाएर वेपत्ता पारेको छ । सो क्षेत्रमा यसअघि बगेका स्तम्भहरु समेत खोलामै ढलेका छन् ।

तर यो बर्ष आवश्यक बजेट समेत विनियोजन भएकाले सिमा स्तम्भ मर्मत तथा पुनर्स्थापना गरिने झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

कोशी प्रदेशमै सबै भन्दा धेरै सीमा स्तम्भ रहेको झापा जिल्लाको सीमा क्षेत्रमा झण्डै एक सय हाराहारीमा सिमा स्तम्भहरु हराएका छन् । बेलैमा स्तम्भ पुनर्स्थापनामा ध्यान नदिँदा नेपाल भारतको सिमाना नै कहाँ भन्ने अन्योल हुन थालेको सिमावर्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.