शिक्षकहरुको अडानले आजदेखि देशभरका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने

काठमाडौं- वार्तामा बस्न सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि असहमति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ केन्द्रित भएसँगै विद्यार्थीहरूको पढाइ प्रभावित हुने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

हिजैदेखि शिक्षकहरुले आन्दोलन सुरु गरेपनि संविधान दिवसको अवसरमा हिजो सरकारले सार्वजनिक विदा दिएको थियो । देशभरका सामुदायिक विद्यालय बन्द गर्ने शिक्षकहरुको अडानले आजदेखि लाखौ विद्यार्थीको पढाइ प्रभावित हुने भएको हो ।

हिजो पहिलो दिन हजारौंको संख्यामा शिक्षकहरु आन्दोलनमा सहभागी भएका थिए । यो संख्या आज झन् बढ्ने शिक्षक महासंघको दाबी छ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.