हुम्लामा बाढीले बगाउँदा एक जना बेपत्ता

हुम्ला- हिजो राती परेको अविरल वर्षाका कारण खोलाले बगाउँदा हुम्लामा एक जना बेपत्ता भएका छन् ।
अदानचुली गाउँपालिका-३ को काठेसेरा खोलाले बगाउँदा अदनचुली गाउँपालिका-३ का ३५ वर्षिय रवि भियाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ।

बेपत्ता भियालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । अस्थायी प्रहरीचौकी तुम्च, श्रीनगर, गल्फागाड प्रहरीचौकी घटनास्थलमा खटिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

जोखिम परेका बस्तिका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ राखिएको उहाँको भनाइ छ । बाढीले सर्केगाड गाउँपालिका -४ को नागड सिचाई कुलो, खानेपानी लाइन, नवनिर्मित बेलिब्रिज पुल समेत बगाएको छ । बाढीले करिब ३० रोपनी धानबाली समेत बगाएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.