दुई वर्षभित्र देश पूर्ण विद्युतीकरणः ऊर्जा मन्त्री पुन

रोल्पा– ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्र देश पूर्ण विद्युतीकरण हुने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल रोल्पाले बुधबार लिबाङमा गरेको पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पुनले चालु आर्थिक वर्षमा प्रदेश नम्बर १, २, ३ र ४ यसैवर्ष पूर्ण विद्युतीकरण हुने र आगामी वर्ष बाँकी प्रदेश पूर्ण विद्युतीकरण हुने बताउनुभयो । दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरणका लागि २२ अर्ब ऋण सहयोग जुटाई सकेको जानकारी गराउँदै मन्त्री पुनले अब टेण्डर प्रक्रियामा जान लागेको उल्लेख गर्नभयो ।

यस्तै गृह जिल्ला रोल्पालाई पनि यसैवर्ष पूर्ण विद्युतीकरणका लागि बजेट छुट्याइएको समेत मन्त्री पुनले जनाउनुभयो । रोल्पालाई पूर्ण विद्युतीकरण गर्न गत वर्ष ४० लाखको टेण्डर भएकोमा यस वर्ष फेरि १५ करोडको टेण्डर हुने पनि मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.