रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते

दाङ- दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.