जुम्ला विमानस्थल विस्तारको लागि बजेट विनियोजन

जुम्ला- जुम्ला विमानस्थल विस्तार हुने भएकाे छ ।
सरकारले बजेट छुट्याएपछि जुम्ला विमानस्थल विस्तार हुने भएकाे हाे । विमानस्थल विस्तारका लागि बजेट विनियाेजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कायर्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निदर्देशन दिएसँगै विमानस्थल विस्तारकाे बाटाे खुलेकाे हाे ।
मन्त्रालयले विमानस्थल विस्तारका लागि चार कराेड बजेट विनियोजन गरेकाे छ ।
गत आार्थिक वर्षमा विमानस्थल विस्तारका लागि एक कराेड बजेट विनियोजन गरिएकाे थियाे । यो बजेट खर्च नभएर फ्रिज भयो । लामाे समयदेखि विमानस्थल विस्तारकाे बहस चलेपनि काम हुन सकेकाे थिएन ।
 तर,चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसँगै विमानस्थल विस्तारमा आशा जागेको छ । हाल २०५१ सालमा निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ ।
जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाई,२० मिटर चौडाई सम्म छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्न नागरिक उड्यन कार्यालय जुम्लालाई निर्देशन दिएको छ ।
हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले  बताउनु भयो ।
 उहाका अनुसार अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुनेछ । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको उहाले बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य मानवीय  छिरिङ ल्यामु लामा तामाङले लामाे प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताउनु भयो । सबै सराेकारवालाकाे संयुक्त प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उहाले बताउनु भयो ।
आफुले सांसद पदको सपथ खाए संगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उहाको दाबी छ ।
सांसद लामाले भन्नु भयो,“विकास ढिलो चाडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होईन् । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।”
यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.