रेसुङ्गा विमानस्थलबाट अब हप्ताको दुई दिन उडान हुने

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान गर्न शुरु भएको छ । नेपाल एयरलाइन्सले यस अघि हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

मौसमको समस्याका कारण जेठको अन्तिमबाट उडान बन्द रहेको थियो । विमानस्थलबाट मौसममा सुधारआएसँगै भदौको अन्तिम साताबाट पुनः उडान शुरु भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने एक जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताउनुभयो ।

मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रू लिएर उडान गरेको उनको भनाई छ । मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।

गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अबरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७:३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ । काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दूई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.