जडिबुटीस्थित अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले काठमाडौँ महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु÷नगराउनु ।”

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानूनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्नसमेत अदालतले महानगरपालिकालाई भनेको छ । अदालतले दुवै पक्षसँग छलफलका लागि भोलि आइतबार बोलाएको छ ।

काठमाडौँ महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने उल्लेख गर्दै अटेर गरे भत्काउने सूचना गरेको थियो ।

उक्त यातायात प्रालिले १४ रोपनी जग्गामा रू १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरपालिकाले ‘एक बसपार्क’ नीति लिएको उल्लेख गर्दै सञ्चालन अनुमति दिएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.