संक्रमित बढ्दै गएपछि धुलिखेलमा ५० शैयाको आइसोलेशन कक्ष थप
काभ्रे- धुलिखेल नगरपालिका वडा नम्वर ९ को काभ्रे भन्ज्याङ्गमा एकै दिन २५ जना संक्रमित विरामीहरु फेला परेसँगै नगरपालिकाले आफैंले थप ५० शैयाको
आइसोलेशन कक्ष तयार गरेको छ ।
यस अघि नगरपालिकाले तयार गरेको एक सय बेडको क्वारेन्टिनलाई नगरपालिकाले ५० बेडको ख कक्ष तयार गरेको थियो । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले क्वारेन्टिन र आइसोलेशन कक्षका लागि फरक फरक तयारी आवश्यक रहेकोले नगरपालिकाले अलग्गै बेड, विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, स्वास्थ्यकर्मी तथा विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरु तयार गरेको बताउनु भयो । समुदायमा संक्रमण फैलन नदिई रोकथामका सबै उपायहरू समयमै संचालन गरिने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकाले कोभिड-१९ रोकथामको लागि जनचेतना अभियान, क्वारेन्टिन ब्यवस्थापन, आइसोलेशन ब्यबस्थापन, उचित समयमा कन्ट्याक ट्रेसिङ्गका अतिरिक्त कोभिड अनुसन्धान समेतको कार्य गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । स्थानीयलाई स्वाब परिक्षण गर्न सहज होस भन्ने उदेश्यले १ हजार जनाको स्वाब संकलन तथा परिक्षण लक्ष्यसहित कार्य शुरु गरेकोमा हालसम्म ९ सय ७० जनाको परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्