बनेपाबाट सात केजी अवैध चाँदी बरामद

काभ्रे- सशस्त्र प्रहरी बल काभ्रेले सात केजी अवैध चाँदी बरामद गरेको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित सिनाकालबाट सात केजी २ सय ग्राम अवैध चाँदी बरामद गरी एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान विरगंजबाट बनेपा आएको रात्री बसमा भारतको जिल्ला पूर्वि चम्पारण ग्राम पन्चायत नागटोल ६ घर भएका वर्ष २९ को अस्विनी सर्राफलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हे.क्वा. काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उनको साथबाट चाँदि जस्तो देखिने सिक्का, मंगलसुत्र, गिलास, मालाको दाना, चुरा, पाउजु, ब्रास्लेट, विभिन्न साइजको सिक्री गरेर अन्दाजी ७ के.जि. २०० ग्राम अवैध चाँदी बरामद गरिएको हो ।
सर्राफलाई नियन्त्रणमा लिई बरामद भएको वस्तुलाई आवश्यक प्रक्रिया पु¥याई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाउने प्रक्रिया अघि बढाईएको सशस्त्र प्रहरी बल, नेपाल नं.१५ गण हे.क्वा. काभ्रेले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्