पूर्वी नवलपरासीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, एकजना घाइते

देबचुली (नवलपरासी)- पूर्बी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।

ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रीत भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।

जिल्लाको अर्खलाबट दलदले आउँदै गरेको बोलेरो जीप बिहान देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।

जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.