कोशी प्रदेशमा सहमतिको सरकार बन्छ: नेता कोइराला

मोरङ् – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कोशी प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास जारी रहेको बताउनु भएको छ ।

मोरङको विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको जानकारी दिनुभयो ।

”अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको छ । बजेट आएपछि समहतिको सरकारले सरकारले पूर्णता पाउने छ । एमाले पनि सरकारमा आउने छ ”, नेता कोइरालले भन्नुभयो ।

अर्को एक फरक प्रसंगमा नेता कोइरालाले सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु गल्ती भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.