ब्यवस्थाविरुद्ध जानेसँग एमालेले प्रतिकार गर्छ : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संवैधानिक ब्यवस्थाविरुद्ध जाने जो कोहीसँग पनि एमालेले प्रतिकार गर्ने बताउनु भएको छ ।

मंसिर ७ मा दुर्गा प्रसाइ समुहले राजधानीमा गर्ने भनिएको विरोध कार्यक्रमप्रति लक्षित गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका एमाले अध्यक्ष ओलीले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र गणतन्त्रलाई नचलाउन र यो ब्यवस्थामाथि औला उठाउने काम नगर्न चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले मंसिर ७ गते पार्टीको युवा–विद्यार्थीले गर्ने  प्रदर्शनमा संयमता अपनाउन र निषेधित क्षेत्र नतोड्न समेत निर्देशन दिनु भएको छ ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आयो भने त्यो बेग्लै कुरा हो । अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति छैन सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुन्छ’’, ओलीले भन्नुभयो ।

प्रदर्शनस्थल अहिले माइतीघर तोकिए पनि पछि परिवर्तन हुन सक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

‘११ बजे माइतीघर मण्डलामा आउने भनिएको छ, त्यो स्थान फरक पनि पर्न सक्छ भोलि गएर, सरकारले विभिन्न कारण त्यसलाई निषेधित क्षेत्र भन्यो भने अरुतिर जानुपर्ने हुन सक्छ। त्यसो भयो भने सूचना आइहाल्छ’, ओलीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.