शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा एकको मृत्यु, ३७ घाइते

इलाम- इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.