सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं –  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

बैठकले आजैको मितिबाट लागू हुनेगरी १० दिनको समय दिएर सिफारिस भएका न्यायाधीशहरुमाथि उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सदस्य एवम् एमाले सांसद इश्वरी घर्तीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

गत मंगलबार बसेको न्यायपरिषद् बैठकले  शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो।

त्यसैगरी बैठकमा क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलमाथि परेका उजुरी सम्बन्धमा आउदो आइतबार सुनुवाई गर्ने र पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल विरुद्ध उजुरी आह्वान गर्ने  निर्णय भएको सांसद घर्तीले बताउनु भयो ।

सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.