भीम लिम्बूको ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’

काठमाडौं गायक भीम लिम्बू सेनेहाङको ‘मिन्जिमा ए’ शीर्षकको  पालाम केहीदिन अघि सार्वजनिक भएको छ। डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय गायक भीम लिम्बूले पालाम भने पहिलोपटक गाएका हुन् । लिम्बू समुदायको संस्कृति र पहिचान उजागर गर्ने पालाम र धाननाच गाउँघरबाट लोप भइरहेको अवस्थामा कलाकारहरु त्यसको संरक्षणमा लागेका छन् ।

यससँगै पछिल्लो समय युट्यु्बमा ब्रगेल्ती पालाम र ख्यालीका भिडियो हेर्न र सुन्न सकिन्छ । यसैबेला गायक भीम लिम्बूले ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’ शीर्षकको पालाम ल्याएका हुन् । सार्वजनिक पालाममा गायक भीम लिम्बूकै मेलोडी अर्थात लय रहेको छ भने शब्दरचना सुर्वण नेम्बाङले लेखेका हुन् । भीम लिम्बू र मनु नेम्बाङले स्वर दिएको ‘मिन्जिमा ए’मा एरेञ्ज अशोक लोहरुङ राईको रहेको छ ।

लोकेन साँवा लिम्बूले निर्देशन गरेको उक्त पालामको भिडियोमा रेखा फागो लिम्बू, मुन नाल्बो सुब्बा, रुकमान लिम्बूका अलावा विशाल सेनेहाङ, सैलेन्द्र नाल्बो, कृष्ण सेनेहाङ, नविन सेनेहाङ, खुसी थुलुङ, भीम लिम्बू, दीपा सुहाङ, मनु नेम्बाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

युवराज राईको छायाँकन र अनिल रानाको सम्पादन रहेको यस पालामलाई गायक भीम लिम्बूले आफ्नै अफिरियल युट्युब च्यानल ‘भीम लिम्बू’बाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.