उद्यमले फेरिएको अपांगता भएका व्यक्तिको दिनचर्या

दाङ- राजपुर गाउँपालिका निवासी तेजबहादुर चौधरीले सात बर्षअघि दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुग्नुभयो । ज्याला मजदुरी गरेर प्राप्त हुने आम्दानीले घर खर्च धान्दै आउनु भएका तेजबहादुरलाई समस्या पर्‍यो ।

अहिले गाउँमै किराना पसल र मासु पसल सञ्चालन गरेपछी दैनिक खर्च टार्न सजिलो भएको भनाई उहाँको छ । ‘खुट्टा गुमेपछी दुई तीन महिना खाली बसे । जीवन धान्न गाह्रो भयो । पछी किसान पसल चलाएँ । अहिले बोइलर कुखुराको मासु समेत बेच्छु । फ्रेस हाउस चलाएको छु’ चौधरीले भन्नुभयो, ‘हातमा सिप र उद्यम भयो भने जीवन धान्न सजिलो हुँदोरहेछ ।’

दाङ जिल्लामा अपांगता भएका व्यक्तिहरु उद्यममा सहभागी भएर सहज जीवनयापन गरिरहेका हुन । हातमा सिप भएपछी जीवन विताउन सहज भएको भनाई उनिहरुको छ । किराना तथा मासु पसल लगायत बाँसबाट सामाग्री बनाएर सहज जीवनयापन गरिरहेका उदाहरणहरु छन् । अपांगता भएका व्यक्ति आफ्नै प्रयासमा उद्यममा जोडिएका छन् ।

सिर्जनशिल अपांगमैत्रि उत्थान संस्था गठन गरेर शारिरीक तथा बौद्दिक रुपमा अपांगता भएका व्यक्ति संगठीत भएका छन् । यसरी संगठीत भएकाहरुले आफ्नै संघ साथिहरुलाई उद्यमसंग जोड्न थालेपछी अपांगता भएका व्यक्तिको दिनचर्या फेरिएको छ ।

‘आफ्नै प्रयासमा केही नयाँ काम गर्ने प्रयास हाम्रो हो । कसैको एउटा हात छैन् । कसैको खुट्टा चल्दैन । तर, हामी उद्यममा छौं’ अपांगमैत्री उत्थान संस्थाका अध्यक्ष दयाराम चौधरीले भन्नुभयो, ‘उद्यमले गर्दा थोरै भएपनि आम्दानी बढाएको छ ।’

बाँसबाट मुढा बनाउने, र्‍याक बनाउने, अगरबत्ति बनाउने जस्ता सिप अपांगता भएका व्यक्तिहरुले सिक्नु भएको छ । अहिले अपांगता भएका व्यक्तिले दैनिक रोजगारी गर्दै आएका छन् । अपांगता भएका व्यक्तिहरुले अवसर पाउने हो भने सपांग व्यक्ति सरह काम गर्न सकेका उदाहरण धेरै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.