१३ दिनमा काठमाडौंका मेयर कोरोनामुक्त
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य १३ दिनमा कोरोनामुक्त हुनुभएको छ ।
श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पताल भर्ना गराउन पुग्नुभएका मेयर शाक्यको पीसीआर पोजेटिभ देखिएपछि भदौ १५ गतेदेखि आइसोलेसनमा बस्नुभएको थियो । शनिबार दिएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
एक दुई दिन घरमा आराम गरेर कार्यालय फर्कने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्