भुकम्प पीडितको त्रिपालमा नै बास , चिसाे बढेसंगै स्वास्थ्यमा समस्या बढ्दो
दाङ – मौसम प्रतिकूल बनेसंगै भुकम्प प्रभावित जिल्लाको जन जीवन थप कष्टकर बन्दै गएको छ । भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बस्दै आएका अधिंकांश व्यक्तिको स्वास्थ्यमा समेत प्रभाव पर्न थालेको छ । चिसोको मौसम बढेसंगै अधिकांशमा रुघा खोकी, ज्वरो, निमोनिया तथा दमलगायतका समस्या गुज्रिनु परेको हो ।
चिसो बढेसंगै भुकम्प पिडितको जनजीवन थप कष्टकर भईरहेको नलगाड नगरपालिका वडा नं ३ का अध्यक्ष कौशीबहादुर बिष्टले बताउनुभयो ।
जाजरकोटको नलगाड,रुकुमको आठबिसकोट,सानीभेरी,चौरजहारी र सल्यानको दार्मा गाउँपालिकाका चिसोका कारण भुकम्प पीडित समस्यामा छन् । विशेषत बालबालिका,बृद्धबृदा,दीर्घ रोगी, सुत्केरी महिला र गर्भवती महिलाले बढी समस्या भोग्नुपरेको हो । चिसोसंगै सितले त्रिपाल भिजाउँदा रातकाट्न समस्या भईरहेको अध्यक्ष बिष्टको भनाई छ ।
भुकम्पका कारण जाजरकोटका ३५ हजार घरहरु पूर्णमा क्षतिग्रस्त छन् । सोही भुकम्पमा परि एक सय एकजनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङमा उल्लेख गरिएको छ ।
यस्तै रुकुममा २७ हजार घरमा क्षति पुगेको छ भने ५३ जनाले ज्यान गुमाएका छन् । सल्यान जिल्लाका १३ सय घर बस्न नमिल्ने खालका छन् । भने ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । भुकम्प पिडितका लागि अस्थायी हटरा बनाउँने काम सुरु भएपनि दक्ष जनशक्ति र काम गर्ने मान्छेको अभाव हुदा अस्थायी आवास बनाउँन ढिलो भईरहेको नलगाडकै स्थानिय गणेशप्रसाद शिंहले जानकारी दिुभयो ।
पहाडी भेगमा हिमपात हुदा त्यसको असर भुकम्प प्रभावित क्षेत्रमा परेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्