इटहरीका विद्यालयमा पौष्टिक दिवा खाजा कार्यक्रम सुरु

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई यसै सातादेखि दिवा खाजामा कार्यक्रम सुरु गरेको छ ।

उपमहानगरपालिकाले विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंकफुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले कक्षा ६ सम्मका लागि विद्यालयमै पौष्टिक दिवाखाजा खुवाउने व्यवस्था मिलाइएको हो ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि ५ करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.