लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा ६ सयवटा स्टल दर्ता

रूपन्देही- बुटवलको अन्तर्राष्ट्रयि प्रदर्शनी स्थलमा पुस ५ गतेदेखि हुन लागेको लुम्बनिी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा १० अन्तर्राष्ट्रियसहित ६ सयवटा स्टल दर्ता भएका छन् । आर्थिक मन्दीकावीच रुपन्देहीमा आयोजना हुने ब्यापार मेला मध्ये यो स्टल संख्या सबैभन्दा धेरै हो ।
रुपन्देही व्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान, कोरियालगायतका देशबाट १० वटा राष्ट्रका उत्पादनका स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
रुपन्देही व्यापार संघले विगतदेखि नै कृषिकाे व्यवसायीकरण तथा आधुनकिरण गरी स्थानिय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरति गर्ने,स्वदेशी उत्पादनका व्यवसायलाई समावेश गर्ने प्रयास यसपटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष कृष्णप्रसाद घमिरिेले बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्रगत घरेलु ,कृषि, महिला उद्यमी एंव सामाजकि संघसंस्थाहरुलाई निशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१ स्टल दर्ता भएका छन् । कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ५३, बैंक-वत्तियि संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्सका ६, सूचना प्रविधि, र औषधिजन्य वस्तुका ६६ स्टल रहने रहने छन ।
मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उपाध्यक्ष डिल्ली राजभण्डारीले बताउनु भयो ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतकि, पर्यटकीय तथा ऐतहिासिक महत्व बोकेका सम्पदा तथा स्थलको प्रचारप्रसारसमेत गरिने महासचवि दयानधि भण्डारीले बताउनुभयो ।।
कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन अन्तर्राष्ट्रयि व्यापार मेलाले टेवा पुग्ने अपेक्षा गरएिको यस क्षेत्रका ब्यवसायिले गरेका छन ।






प्रतिक्रिया राख्नुहोस्