राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका ५ सय ३८ दीक्षित

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरबाट ५ सय ३८ जना क्याडेट छात्र, छात्रा दिक्षित भएका छन् । राष्ट्रिय सेवा दलद्वारा संचालित ४९औं व्याच जुनियर डिभिजन तालिमको दिक्षान्त कवाज समारोहमा ५ सय ३८ जना क्याडेट दिक्षित भएका हुन ।

जुनियर डिभिजन एनसीसी तालिममा काठमाण्डौं, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ्ग, गुल्मी, रुपन्देही, चितवन, बाके, पाल्पा र स्याङ्गजा गरी ११ जिल्लाका १५ वटा विद्यालयहरुका विद्यार्थीहरु सहभागी भएका थिए ।

वार्षिक सामुहिक क्याम्पको अन्तिम दिक्षान्त कवाज समारोहमा दीक्षित क्याडेटहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री मध्य पृतना हेड क्वाटरका पृतनापति उपरथी प्रदिप जंग के.सीले निस्वार्थ सेवा भावबाट सर्मपित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिनुभयो ।

तालिममा सिकेका सिपहरुले भविष्यमा आउन सक्ने चुनौतीलाई सहज रुपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागिमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्र र छात्राहरु त्था विद्यालयलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

राष्ट्रिय सेवा दलको एक सयको दिनको तालिम मध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ । जहाँ सैनिक कला, विपद जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यत्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुसासन सम्बन्धी विविध सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने शिक्षालयले जनाएको छ । समारोहमा क्याडेट छात्रछात्राहरुले विभिन्न कलाहरु समेत प्रस्तुत गरेका थिए ।

राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निर्माण गर्ने उदेश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । हालसम्म ६६ हजार ७ सय ७६ राष्ट्रिय सेवा दलका क्याडेटहरु दीक्षित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.