राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउँदै

मोरङ- राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउँदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पौडेल विहान ११ वजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाट समेत गर्नुहुनेछ । राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्