‘सडक मै खाउँ, सडक मै रमाऔं’ नारासहित लेकसाइडमा सडक महोत्सवकाे तयारी पुरा

काठमाडौं- ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने नारासहित पर्यटकीय नगरी पोखराको लेकसाइडमा सडक महोत्सवकाे २५ औं संस्करण पुष १२ गतेबाट शुरू हुदैछ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवानले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्ने लागिएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुष १२ गते देखि १६ गतेसम्म महाेत्सव आयोजना हुन लागेकाे महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयाे ।
महोत्सवमा विभिन्न जातजातिको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता तथा झाँकी प्रदर्शन गरिने बताइएको छ ।
त्यस्तै रात्रिकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडकनाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीको विषयमा केद्रीत गरी टक सो कार्यक्रम, स्वदेशमा उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने संयोजक पौडेलले जानकारी दिनुभयाे ।
बालबालिकाको सहभागितामा चित्रकला प्रतियोगिता, पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्ट्री प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याई सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने छ। सडक महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्