मावि शिक्षकको बिज्ञापन: कुन प्रदेशमा कति शिक्षक आवश्यक (सूची सहित)

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन प्रकाशन गरेको छ ।
आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
आयोगले ४३५ पदका लागि विज्ञापन आह्वान गरेको छ। जसमध्ये नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ जना माग गरिएको छ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्