पर्यटन व्यवसायलाई उकास्न राष्ट्रिय संकल्प चाहिन्छ- पर्यटन मन्त्री भट्टराई

नेपालको पर्यटन क्षेत्रमा भएको १ खर्व ५० अर्वभन्दा बढीको लगानी जोखिममा परेको छ ।

कोभिड- १९ ले गर्दा पर्यटन क्षेत्रमा यति ठूलो नोक्सानी परेको हो ।

कोभिडपछि पर्यटन क्षेत्रको असर सम्बन्धी गरिएको एक अध्ययनले नेपालको पर्यटन क्षेत्रको डेढ खर्व भन्दाबढी लगानी जोखिममा परेको देखाएको हो ।

नेपाल पर्यटन वोर्डले केही समय अघि यो अध्ययन गरेको थियो ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको मात्रै १ खर्व ५३ अर्व रुपैयाँ बराबरको लगानी रहेको छ ।

यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलायन्स, रेष्टुरेण्टदेखि पदयात्रा, पर्वतारोहण र जलयात्राको क्षेत्रमा रहेको छ ।

कोभिड- १९ ले गर्दा यो क्षेत्रमा रहेका २ लाख ७३ हजारले प्रत्यक्ष रोजगारी गुमाएका छन ।

यसैबीच संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोभिड- १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनर्उत्थानका लागि बजेटमा विशेष व्यवस्था गरिएको बताउनु भएको छ ।

धरासायी हुँदै गएको पर्यटन व्यवसायलाई उकास्न राष्ट्रिय संकल्प नै आवश्यक भएको मन्त्री भट्टराईको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.