बन्दै गरेको ट्रष्ट भत्किँदा १० जना घाइते

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना घाइते भएका छन् ।
बर्दघाट १२ भटौलियाको कजरिया टायल्स् उद्योगको निर्माणाधीन ट्रष्ट भत्किएको हो ।
घाइते सबै मजदुर रहेको र उनीहरूको बर्दघाटमा रहेको स्थानीय चौपत्ता सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्