राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको पैदलयात्रा बुटवल पुगेर समापन

रुपन्देही- पुर्वी नवलपरासीको नरायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको पैदलयात्रा बुटवल पुगेर समापन भएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भएको ढिलाईप्रति ध्यानाकर्षण गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले शुरु गरेको दबाब यात्रा बुटवल पुगेर सकिएको हो ।

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्रा थालिएको यात्रा बुटवल आइपुगेपछि समापन गरिएको छ ।

पैदलयात्राको समापनमा अध्यक्ष लामिछानेले सम्बोधन गदै विना पैसा कसैले कामगर्न नसक्ने भन्दै गरेको कामको भुक्तानी नपाएका कारण पनि काममा ढीलाइ भएकाले सरकारले ठेकदारलाई तत्काल भुक्तानी दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष लामिछानेले आफूहरुको लक्ष्य नेपाली जनताको दुःख हटाउनु रहेको भन्दै सवै सरोकारवालालाइ एकैठाउँ राखेर छलफल गराउने तयारी रहेको पनि बताउनु भयो । यो अभियानसँगै रास्वपाको मिसन ८० सुरु भएको बताउँदै देशभरका निर्माणाधीन आयोजनामा भएका ढिलाइप्रति खवरदारीको सुरुवा भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.