पशुपति क्षेत्र विकास कोषमा नियुक्त कार्यकारी निर्देशकको योग्यतामाथि प्रश्न, तीन दिनभित्र कागजात मगाउन निर्देशन

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउँदै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो ।

समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ । पर्यटनमन्त्री पदेनअध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो ।

बैठकमा सांसदहरुले कोषको भेटी व्यवस्थापन, जग्गा, सम्पदाको संरक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिन आग्रह गरेका थिए । कोषका राजुकुमार खत्रीले कोषको गतिविधिबारे जानकारी गराउनुभएको थियोभने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आयव्याप प्रस्तुत गर्नुभएको थियो ।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा जग्गाधनी प्रमाणपत्र लिने व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ ।

कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण पनि तीन दिनभित्र समितिलाई उपलव्ध गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.