बालकुमारी तनाव अपडेट: प्रदर्शनमा घाइते दुईको मृत्यु

काठमाडौँ – कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनले उग्ररुप लिएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने त्यसक्रममा भएको भागदौडमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिनुभयो । यसैगरी प्रदर्शनका क्रममा भएको भागदौडमा गम्भीर घाइते भएर किस्ट अस्पतालमा उपचारका लागि लगिएका जुम्लाका २३ वर्षीय सुजन राउतको पनि मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढ्नुभएको बा २ झ ५८६१ नम्बरको जीपमा पनि आगजनी गरेका छन् ।

मन्त्री ज्वाला र उहाँको सुरक्षार्थ रहेका दुई जना पिएसओलाई जीपबाट बाहिर निकालेर प्रदर्शनकारीले जीपमा आगो लगाएका थिए । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अदालत जाने बाहेकका परिक्षार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.