दुप्चेश्वर मेलामा भक्तजनले चढाएको भेटी गणना 

नुवाकोट- दोश्रो पशुपतिनाथका रुपमा पुजिंदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरुले चढाएको भेटी गणना गरिएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामती पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी गणना सकिएको हो । मेलामा देश तथा विदेशवाट सर्वसाधारण मन्दिर पुगी दर्शन गर्दै दुप्चेश्वमा दुधका साथै भेटी चढाएका थिए । मेलामा यस वर्ष पाँच लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।
यस वर्ष धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । दुप्चेश्वर क्षेत्र विकास कोषले दान तथा भेटीको गणना गरी सार्वजनिक गरे अनुसार हाटकर तथा भेटी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ सङ्कलन भएको हो ।
दुप्चेश्वर मन्दिरमा हजारको ५ हजार रुपैयाँ, पाँच सयको ११ हजार पाँच सय रुपैयाँ, सयको १ लाख ११ हजार ७ सय, ५० को ९३ हजार ६ सय ५० रुपैयाँ, २० को ७३ हजार ६ सय रुपैयाँ, १० को ७२ हजार ९ सय ४० र ५ को ६३ हजार ५ रुपैयाँ संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस वर्ष दुप्चेश्वर मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा ५० प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ । मेलामा दुई सातासम्ममा एकलाख १० हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिनुभयो । यस मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.