विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुँदैन: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजना भएको एक कार्यक्रममा प्रधानमन्त्रीले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने स्पष्ट पार्नु भयो ।

विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने आफूले घोषणा गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले योग्यता र क्षमता आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुने बताउनु भयो ।

यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्ने पनि प्रधानमन्त्रीले बताउनु भयो ।

पछिल्लो व्यवस्थावाट विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्ने बताउदै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.