सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, बैठक फेरी बस्ने

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँडको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सीट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुनः गठबन्धनको बैठक बस्ने जानकारी दिनुभयो । सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उहाले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शुन्य नवनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन ।

सत्ता गठबन्धनका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट एमालेलाइ राष्ट्रिय सभामा सिट दिने बारेमा बिरोध गरेपछि बैठक निष्कर्षविहिन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.