राष्ट्रिय सभाका १९ वटै पदमा एमालेले उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो ।

”हामीले सातै वटा प्रदेशका तर्फबाट  प्रदेशमा रिक्त भएका कलस्टरहरुका लागि प्रत्येक कलस्टरमा तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेका थियौ । प्रदेशका तर्फबाट नाम सिफारिस भइ आएको छन् । आज ती नामका बारेमा छलफल भएको छ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ । थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ’, महासचिव शंकर पोखरेलले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो ।

यसअघि एमालेले राष्ट्रिय सभामा भागबण्डमा आफुलाई बाहिर राखेर नजान सत्ता गठबन्धनसँग प्रस्ताव गरेको थियो ।

महासचिव पोखरेलका अनुसार आज बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट जिम्मेवारीबाट बाहिरिएका ५ जना सहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।

जसमध्ये कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी रहनु भएको छ ।

त्यसै गरी बैठकले झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.