न्युजिल्यान्डसँग नेपाल ६४ रनले पराजित
काठमाडौं-आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।
न्यूजिल्यान्डले दिएको ३०३ रनको भारी लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनायो।
खेलमा नेपालका अर्जुन कुमालले ९० रनको बनाए । ९० रन जोड्ने क्रममा उनले १०४ बलमा १२ चौका प्रहार गरे। यस्तै कप्तान देव खनालले ३६ र सुभाष भण्डारीले ३३ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।
बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट र गुल्सन झाले २ विकेट लिए भने दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १,१ विकेट लिए ।
अब नेपालले अर्को खेल बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।
प्रतिक्रिया राख्नुहोस्