अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा,नवलपरासीमा उत्सव
काठमाडौँ- भारतको उत्तर प्रदेशस्थीत अयोध्यामा नवनिर्मित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुसियाली, पश्चिम नवलपरासीको सदरमुकाम परासी सहित सातै पालिकामा उत्सवको रुपमा मनाईएको छ ।आज दिउसो सदरमुकाम परासी जिल्लाका विभिन्न स्थानबाट आएको हिन्दु धर्मालम्बिको शोभायात्राले गुन्जायमान बनेको थियो । जय श्रीरामको धार्मिक नारा लगाउँदै निस्केको ¥यालीमा हिन्दु समर्थक विभिन्न संघ संस्था र स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
परासीमा ब्राह्मण समाज नवलपरासी र विश्व हिन्दु परिषद नेपालको अगुवाईमा उँ कार भित्र रहेका सबै सनातन हिन्दुधर्मालम्बीहरुले धार्मिक शोभायात्राको आयोजना गरेका थिए । भजन किर्तन सहित रामग्राम ३ मा रहेको लक्ष्मीनारायण मन्दिर बाट सुरु भएको शोभायात्राले परासीको वुद्धचोक हुदै बजार क्षेत्र परिक्रमा गरेको ब्राह्मण समाज नवलपरासीका अध्यक्ष गिरिराज पाण्डेले जानकारी दिनुभयो । त्यस लगत्तै जिल्लाका विभिन्न स्थानबाट मोटरसाईकल र पिकअपमा उल्लेख्य सङख्यामा परासीमा आएको शोभायात्राको टोलीले ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको थियो ।
चोक चोकमा प्रहरी परिचान गरिएपनी मानिसको भिडका कारण केहिबेर सवारी आवागमन समेत अवरुद्ध भएको थियो । सो क्रममा वुद्धचोकमा भजनकिर्तन गरिनुका साथै श्रद्धालुहरुले आतिसवाजी समेत गरेका थिए ।जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ताका विभिन्न स्थानमा पनि मोटरसाईकल र्याली सहित शोभायात्रा निकालिएको छ । परासी सहित जिल्लाका विभिन्न स्थानका चोक चौराहा जय श्रीराम लेखिएका झन्डाले सजाईएको थियो ।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोध्यायको राम मन्दिरको एक भव्य समारोहका बिच प्राण प्रतिष्ठा गर्नुभएको थियो । प्राण प्रतिष्ठानको अवसरमा नेपालका केहि स्थानिय तहले बिदा समेत दिएका थिए भने नवलपरासीका स्थानिय तहले आज माछा मासु तथा मदिरा विक्रि वितरण नगर्न आग्रह गर्दे सुचना जारी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्