गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

बारा- भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा सोमबार साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, र्‍याली, भजन मण्डली, किर्तन गरिएको थियो । गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताउनुभयो ।

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.