निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च

काठमाडाै- परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताउनुभएको छ।

साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएक्क एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठक सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताउनुभएको हो। नेपाल सरकार र शान्ति एवम् निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा उहाँले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनु पर्नेमा पनि जोड दिनुभयो।
‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्दछ,’ परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘यसका लागि क्षेत्रीय एवम् आन्तराष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनु पर्दछ।’
हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमन–चयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्न जानेछ उहाँको भनाइ थियो।
निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरु सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि उल्लेख गर्नुभयाे ।

बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उहाँको भनाइ थियो।

साना हतियारको अवैध व्यापार नियन्त्रण सम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रयासहरु भए पनि अवैध हतियारको ओसार–पसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको पनि मन्त्री साउदले बताउनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.