काठमाडौँमा छिटफुट वर्षा
काठमाडौँ – काठमाडौँमा एक–दुई स्थानमा छिटफुट वर्षा भएको छ ।
काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तत्काल ठुलो पानी पार्ने प्रणाली आउने सम्भावना छैन । अहिले पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा भएको हो । अन्य दिनको तुलनामा आज बढी चिसो समेत भएको छ ।
काठमाडौँ उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्