अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप

सिरहा- मिर्चैया सरकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ ।

परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५:४५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म दिएकी छिन् ।

तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो । अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ ।

अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जनाएका छन् ।

चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन् । घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ ।

बिरामीलाई बचाउन अन्तिमसम्म प्रयास गरेको मिर्चैया अस्पताल प्रमुख मेसु सरिता प्रमुखको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.