समयमा काम नगर्ने २२ ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ- सरकारले ठेक्का लिने तर समयमा काम नगरेर लापर्वाही गर्ने २२ ठेकेदार कम्पनीलाई कार्वाही गरेको छ । अनपेक्षित रुपमा कम मुल्य राखेर ठेक्का हात पार्ने तर पहिलो किस्ता लिएपछि विभिन्न बहाना बनाएर काम नगर्न ठेकेदारहरुलाइ कालो सुचीमा राखेको हो ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइने छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.