पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

काठमाडौँ- राज्यको गोप्य सूचना चुहाएको आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कारावासको सजाय सुनाइएको छ । भ्रष्ट्राचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहनु भएका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष सजाय थप गरिएको हो ।

खानसंगै उहाँकै दल तारिक ए इन्साफका उपाध्यक्ष एवम् उहाँको मन्त्रिमण्डलमा विदेश मन्त्री रहनुभएका साह मोहम्मद कुरेसीलाई पनि समान १० वर्ष कारावासको सजाय तोकिएको छ ।

उहाँहरु दुबैजनालाई राखिएको रावलपिण्डीस्थित कारागारमा विशेष सुनुवाइ राखेर सजाय तोकिएको विविसीले उल्लेख गरेको छ । प्रधानमन्त्री रहँदा खानले भ्रष्टाचार गरेको आरोप लगाउदै खानका विपक्षीहरुले सन् २०२२ मा उहाँलाई अपदस्थ गरी भ्राष्टाचारको मुद्दा दायर गरेका थिए ।

अबको एक सातामा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा खान माथि थप आरोप सहित सजाय तोकिएको हो । निर्वाचनमा उठ्न पनि खानलाई प्रतिवन्ध लगाइएको छ । खानले भने आफू माथि लागेका सबै आरोपहरु राजनीतिक प्रतिशोधका कारण भएको बताउनुभएको छ ।

तर खान प्रधानमन्त्री रहेका बेला वासिङ्टनस्थित पाकिस्तानी राजदूतले पठाएको गोप्य सूचना चुहावट गरेको आरोप खान माथि लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.